हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौं:- महानिर्देशक पोखरेल

काठमाडौं । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् ।

बिज्ञापन

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् ।

बिज्ञापन

उनले भने,‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको छ । हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौं । यति हुँदापनि जनताले चाहेको जस्तो हुन सकेको छैन् । पूर्ण सन्तुष्ट छैनौं । तर, हाम्रो इफोर्ट चाहीँ लागिरहेका छौं ।’

तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य–संयन्त्र लगाएर काम भैरहेको उनको भनाई छ । उनले भने,‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढि ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्था थियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमा अझैपनि अवरुद्ध छ । त्यसमा पनि मुख्य–मुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड, कान्ति, विपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’
महानिर्देशक पोखरेलले आफूहरुले सबै संयन्त्र लगाएर नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी सुचारू गराएको सुनाए । तर, एकतर्फी खोल्दा त्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौं भित्र्याइएको उनले जनाए ।

बिज्ञापन

अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकल मिचेर पनि आफूहरुले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाइ छ । त्यसको लागि आफूहरुले जापानीहरुलाई अनुरोध गरिएको उनले स्पष्ट पारे । आजै नै सो मार्ग दुईतर्फी सञ्चालनमा ल्याउनेगरि काम भैरहेको उनको भनाई छ ।

उनले विपी राजमार्गको अवरोध सुचारुको लागि चूनौति रहेको सुनाए । उनले भने,‘विपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ (धुलिखेलबाट झण्डै ३४ किलोमिटरजति पर्छ) त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको अवरोध हटाउनको लागि सबै शक्ति लगाएका छौं । सकेसम्म विपी राजमार्ग खोल्न प्रयास गरेका छौं । त्यहाँ दुईवटा पुल बगायो । एउटा खैरेनीघाट र अर्को खुर्कोटको पुल बगाएको छ । रामेछापसँग लिंक हुने अर्को पुल बाँकी छ । त्यो हो सित्खा भन्ने ठाउँको । सित्खाको पुल तरेर गाल्बा हुँदै मन्थलीबाट गाडीहरु पास भएका छन् । तर, त्यहाँ किरिनेटारमा पनि दुई सय मिटर वास भएछ, खिम्ती हाईड्रोपावर प्रोजेक्टलाई विशेष अनुरोध गरेका छौं । त्यहाँको घर भत्काउनुपरेपनि बरु हामी क्षतिपूर्ति दिन्छौं तर गाडी पास गरौं भनेका छौं ।’

उनले कान्ति राजमार्गको अवरोध अब क्लियर हुँदै गएको बताए । बाग्मती पुलमा पनि बेलीब्रिज हाल्नुपर्ने अवस्था रहेको बताए । मेची राजमार्गको बेलिब्रिज बगाएकोले अहिले डाईभर्सन प्रयोग गरेको सुनाउँदै त्यो दशैंअघि नै सुचारु हुने बताए । यस्तै, अरनीको राजमार्ग बाह«विसे, दोलालघाट र धुलिखेल खण्ड क्लियर भएको उनको भनाई छ । दशैंअघि तातोपानी नाका चलाउन नसकिने उनले स्पष्ट पारे ।

उनले अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षति भएको तथ्यांक पेश गरे । तर, विस्तृत विवरण आइपुग्दासम्म यो क्षतिको अंक बढ्नसक्ने उनको भनाई छ ।

देशव्यापी रुपमा क्षति भएका राजमार्गको स्थायी निर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रुपमा काम अघि बढाउने पोखरेलको भनाई छ । महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्ति लगाएर काम गरेकोले मिडियाले पनि प्रशंसा नै गरेको उनले सुनाए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष