नासुदेखि उपसचिव तहका २ सय बढी कर्मचारीको सरुवा गरिँदै

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवाको सूची सार्वजनिक गर्दैछ । विभागले आज साझसम्ममा करिव २ सय कर्मचारीहरुको सरुवा गर्न लागेको जनाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागले नायब सुब्बा, अधिकृत,उपसचिव तहसम्मको कर्मचारीको सरुवा गर्न लागेको हो । विभागले २० जना कार्यालय प्रमुखको सरुवा गर्न लागेको छ । उपत्याकाका कलंकी, चावहिल, डिल्लीबजार, साँखु, ललितपुर, भक्तपुर लगायतका कार्यालय प्रमुखहरुको सरुवाको तयारी गर्दैछ । ती कार्यालयमा जानका लागि उपसचिवहरुको दौडधुप र शक्ति केन्द्र धाउने क्रम बढेको छ ।

 

बिज्ञापन

निजामती ऐन तथा सरुवा मापदण्डमा कुनै पनि निकायमा खटाइएका कर्मचारीलाई सामान्यतया दुई वर्ष पूरा नभएसम्म सरुवा नगर्ने उल्लेख गरिएको भए पनि शक्ति र पहुँचमा भएका कर्मचारीहरु सात बर्षसम्म एउटै कार्यालयमा टिकेका धेरै उदाहरण भेटिएका छन् । यस्तै पहुँच भएका कर्मचारीहरु उपत्यकाकै एउटा कार्यालयबाट सुगमकै उपत्याकामै घुम्नेहरु पनि धेरै भेटिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष