बलात्कारमा फसाइदिने भन्दै ३० लाख बार्गेनिङ, इन्स्पेक्टरमाथि छानबिन

‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्।

बिज्ञापन

उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्।आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

बिज्ञापन

स्रोतका अनुसार हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर पैसा लिएको पाइएको छ ।बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् । २०८० माघमा कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष