सरकारले चार जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय, उर्जा आयोग, वन मन्त्रालय र कृषि मन्त्रालयको सचिवहरुको सरुवा गरिएको हो ।
बिज्ञापन
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल(ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ भने त्यहाँका सुरेश आचार्यलाई ऊर्जा मन्त्रालयमा लगिएको छ ।
बिज्ञापन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै सहसचिव डा. कमल प्रसाद पोखरेललाई सचिवमा बढुवा गरेको छ ।शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























