इथानोल उत्पादन कुनै ‘रकेट साइन्स’ होइनः कार्यकारी निर्देशक भट्ट

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

बिज्ञापन

उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब हुन गएको बताए । उनले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने पनि बताए ।
उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए । उनले इथानोलको प्रयोगले दैनिक चार लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए । इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भनाइ छ । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए ।

बिज्ञापन

सन् २०२० मा नै पेट्रोलियम पदार्थ खपत हराएर जाने भनिए पनि अझै ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो थप अगाडि जाने र पेट्रोलियम पदार्थ खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए । अझ नेपाल जस्तो पेट्रोलियम पदार्थ उत्पादन नहुने देशले त इथानोल उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौं,’ उनले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

बिशेष