सरुवा भएको कार्यालयमा नजाने कर्मचारीहरूको सूची तयार गरिँदै

सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ ।

बिज्ञापन

मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् ।

बिज्ञापन

आफू अनुकूलको ठाउँमा सरुवा नभएपछि अटेरी गर्दै सरुवा सच्याउन लागेका कर्मचारीको सूची तयार गरी रमाना दिन लागिएको मन्त्रालयले जनाएको छ ।

कतिपय ठाउँमा कर्मचारी नै नहुँदा सेवा प्रवाह रोकिने र कतिपय निकायमा कर्मचारी डम्प गरेर बसेको भन्ने गुनासोपछि मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई सम्बन्धित ठाउँमा कडाइका साथ खटाउन थालेको हो ।

बिज्ञापन

त्यसो त कर्मचारीहरूको सरुवा पनि त्यसैगरी गरिँदा कर्मचारीहरूमा असन्तुष्टि पनि बढ्दै गएको देखिन्छ । सामान्य प्रशासन मन्त्रालयले निश्चित मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने भन्दा पनि अनुहार हेरेर र स्वार्थका आधारमा कर्मचारीहरूको सरुवा गरिदिँदा समस्या उत्पन्न हुँदै आएको छ । जसले जसको शक्ति उसको भक्तिलाई त बढावा दिएको छ नै चलखेल तथा अनियमिततालाईसमेत प्रशय दिएको स्वयं सरकारी अधिकारीहरू नै बताउँदै आएका छन् ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार अहिले पनि धेरै कर्मचारीले सरुवा गरिएको ठाउँबाट रमाना लिएका छैनन् । यसका कारण कतिपय कार्यालयमा हाजिर हुन गएका कर्मचारीसँग द्वन्द्वको अवस्था समेत छ ।

‘रमाना नलिएका कर्मचारीलाई सम्बन्धित मन्त्रालय र कार्यालयले तुरुन्त रमाना दिनुपर्छ’, उनले भने, ‘संघीय मामिला मन्त्रालयको हकमा सरुवा भएका सबैलाई तुरुन्तै रमाना दिन्छौं, अन्य मन्त्रालयको हकमा पनि विवरण लिएर उनीहरुलाई रमाना दिनू भनेर परिपत्र गर्दैछौं ।’

‘रमाना नलिंदा खटाएको ठाउँमा पद रिक्त हुन्छ, सेवा प्रवाह बिथोलिन्छ’, उनले भने, ‘रमाना नलिई बसेको ठाउँमा अतिरिक्त दरबन्दीका कारण तलब खुवाउन समस्या हुन्छ, रमाना नलिंदा अर्को कर्मचारी पुगेपछि बस्ने टेबल कुर्सीदेखि चढ्ने सवारीसम्मका व्यवस्थापनको सवालमा अप्ठ्यारो हुन्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

बिशेष