इञ्जिनियर र सब इञ्जिनियर भ्रष्टाचारी ठहर, ८ महिना कैद सजाय

पोखराका इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको छ । उनीहरूको सेटिङ मिलाइदिने गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई आधा सजाय तोकिएको छ । उनलाई ४ महिना कैद र ८७ हजार ५ सय जरिवाना तोकिएको हो ।
यस्तै ऋषिप्रसाद बरालले बैंकमा दाखिला गरेको २ लाख रुपैयाँ जफत गरेर उजुरी कर्तालाई भराइदिने फैसला भएको छ ।
विशेष अदालतका खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो । घरधनी पोखरा १० का केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले अदालतमा मुद्दा दायर भएपछि बयान फेरेको भन्दै अर्को मुद्दा पनि दायर गरिएको थियो । उक्त मुद्दामा भने उनीहरू दोषी प्रमाणित भएनन् ।

बिज्ञापन

अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रुपमा काम गरेका गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवामा कार्यरत कुँवरलाई भने उनीहरुकोभन्दा आधा सजाय सुनाइएको छ । मतियार सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला भएको विषेश अदालतले जनाएको छ ।

बिज्ञापन

घर सम्पन्नको प्रमाणपत्र लिने क्रममा घरधनीसँग घुस मागेपछि कुँवर र रोकायालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो । अख्तियारले गत बर्ष चैत २८ गते राति उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । उनीहरुकै बयानका आधारमा मुख्य इन्जिनियर बराल पक्राउ परेका थिए । त्यसपछि अख्तियारले मुद्दा अगाडि बढाएको थियो ।घरधनीले सुरुमा २ लाख बुझाएर पछि डेढ लाख बुझाउने क्रममा अख्तियारलाई खबर गरेका हुन् ।
अनुसन्धानका क्रममा २ लाख घुस बरालले लिएको पुष्टि भएपछि बैंकबाट उक्त रकम जफत गरिएको थियो । लिइसकेको घुस भने उजुरी कर्तालाई भराइदिने आदेश अदालतबाट भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

६४ करोडको ठेक्कामा ४ करोड घुस, दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

बिशेष