सेवाग्राही बलात्कार गरेको आरोपमा समातिए श्रम कार्यालयका कर्मचारी

ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन ।

बिज्ञापन

एक युवतीले दिएको बलात्कार आरोपको उजुरीको आधारमा प्रहरीले बिभागका कर्मचारी सुब्बा घलेलाई पक्राउ गरेको हो । घलेलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार आरोपी घलेले महिलालाई बलात्कार गरेको आरोप छ । घले वैदेशिक रोजगार विभागमा करारमा कार्यरत रहेको पाइएको छ ।

प्रहरीका अनुसार, यूएईमा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला फेरि श्रम स्वीकृति लिन भन्दै १० माघ २०८० मा श्रम कार्यालय गएकी थिइन् । त्यसक्रममा कार्यालयका कर्मचारी सुब्बासँग उनको चिनजान भएको थियो ।

बिज्ञापन

‘त्यतिबेला उनले तपाईं यहाँ आइराख्नु पर्दैन, म तपाईंको श्रम स्वीकृति ह्वाट्स एपमा पठाइदिउँला भनेकाले मैले नम्बर दिएको थिएँ’, पीडितले प्रहरीलाई दिएको जाहेरीमा भनिएको छ, ‘सोही दिन मलाई उनले हाई भनेर म्यासेज गरे, ९ फागुन २०८० सम्म पनि श्रम स्वीकृति नआएपछि मैले म्यासेज गरें । उनले मलाई फोन गरेर श्रम स्वीकृति आएको छ, भेटेर दिन्छु भनेका थिए ।’

प्रहरीसँग दिएको बयानमा भने सुब्बाले आरोप इन्कार गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

बिशेष