मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।

बिज्ञापन

हाल गृहसचिव रहेका अर्याललाई यही १६ भदौ देखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १६ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको  एक मन्त्रीले जानकारी दिए ।

बिज्ञापन

सरकारले उत्कृष्ट  कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन  तथा ज्येष्ठताका  आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ ।

निजामती प्रशासनभित्र अर्याल सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् ।उनीसँग विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर कार्य गरेको अनुभव पनि छ । प्रमुख जिल्ला अधिकारीका रूपमा मकवानपुर, तनहुँ र काठमाडौँमा उनी खटिएका थिए । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी हुँदा उनले उत्कृष्ट प्रजिअको रूपमा नागरिक अभिनन्दन प्राप्त गरेका थिए ।  कलकताको महावाणिज्यदूत हुँदै सचिवमा उक्लिएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौं महानगरपालिकामा पुगेका थिए । महानगरपालिकाबाट सामान्य प्रशासनमा हुँदा निजामती प्रशासन सुधारका लागि धेरै पहल गरेका उनी श्रममा पुग्दा श्रममा समेत अनेकन सुधारका यत्न गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । उनी त्यहाँ रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएण्ड एम टुंग्याउने काम गरेका थिए ।

बिज्ञापन

गृह मन्त्रालयमा सहसचिवको जिम्मेवारी वहन गर्दा गृह प्रशासन सुधार योजना निर्माण र कार्यान्वयनसम्बन्धी कार्य गरेका थिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष