एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।
आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘अहिलेको उत्पादन कति छ ? स्टक कति ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्यूटी घटाउन परेपनि घटाउँछौं, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ । त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ ।’

बिज्ञापन

साथै उनले उपभोक्ता श्रृखलाको चुनौति राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे । उनले उत्पादनमुलक वस्तुहरु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौति बढेको जिकिर गरे ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष