सिधाकुराको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

सिधा कुरा डटकमविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ ।

बिज्ञापन

रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो प्रकरणमा सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश डा आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै मुछिएको थियो ।  उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको,कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहितविरुद्ध अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर भएका थिए ।

बिज्ञापन

सोही मुद्धामा सर्वोच्च अदालतमा परेको मुद्दामा नौ सदस्यीय बृहत् पूर्ण इजलासले आज फैसला सुनाउन लागेको हो । ९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलासले सुनुवाइपछि बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

त्यही सामग्रीलाई लिएर उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भइसकेको छ ।

बिज्ञापन

यता निर्णय सुनाउनु अगाडि सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो बनाएकोमा प्रमाणित राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले तिमल्सिनासहित सीधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर गरिसकेको छ । तीमध्येका तिमिल्सिनालाई हिजो राति प्रहरीले पक्रेको हो ।

फरार बनाइएका तिमल्सिनालाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले काठमाडौंंको पेप्सीकोलाबाट नियन्त्रणमा लिए पनि उक्त प्रकरणमा सँलग्न युवराज कँडेल र नवीन ढुंगाना भने यतै ‘फरार’ छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष