अख्तियारद्धारा ६ जनाविरूद्द सर्वोच्च अदालतमा पुनरावेदन

 

बिज्ञापन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्द सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

बिज्ञापन

आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनि प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, विर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकी, तत्कालीन सव-इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव९इन्जिनियर दिपेश महताराले बाजुराको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा कामभन्दा बढी परिमाण देखाएर झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

यस्तै मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको, उक्त झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १ लाख ५६ हजार ५ सय ५३ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष