स्वप्नको अन्त्य

इलामको एउटा सानो गाउँमा जन्मिएका सुवास बाल्यकालदेखि नै मिहिनेती, बुद्धिमान, र महत्त्वाकांक्षी छन्। उनलाई आफ्नो गाउँ र देशलाई केही ठूलो योगदान दिनुपर्ने सपना देख्ने आदत छ। मिडल स्कुलपछि सुवास काठमाडौँ जान्छन्। त्यहाँ उनी उच्च शिक्षा लिन्छन् र सहरको व्यस्त जीवनसँग परिचित हुन्छन्। पढाइ सकेपछि, परिवारको आर्थिक अवस्था सुधार्न र भविष्यका लागि केही जम्मा गर्न सुवास दुबई जान्छन्। पाँच वर्ष त्यहाँ मेहनत गरी फर्किन्छन्।

बिज्ञापन

दुबईबाट फर्केपछि, उनी दुर्गासँग विवाह गर्छन्। दुर्गा गाउँकै शिक्षित, परिश्रमी र समझदार केटी हुन्।सुवास आफ्नो गाउँमै केहि गर्ने सोचले दुधजन्य पदार्थको उद्योग खोल्छन्। शुरुवातमा, व्यापार राम्रै चल्छ, र देशभरि आफ्नो उत्पादन सप्लाई गर्न थाल्छन्। बिस्तारै, उनको व्यापारले अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता पाउन थाल्छ र विदेशबाट समेत डिमाण्ड आउन थाल्छ।

बिज्ञापन

व्यापार बढाउन सहकारीबाट ऋण लिएर कम्पनीको दर्ता गर्छन्। उच्च स्केलमा व्यापार गर्दै जाँदा, सुरुमा सबैकुरा राम्रोसँग चलिरहेको देखिन्छ।तर, देशको आर्थिक मन्दिले व्यापारमा असर पार्न थाल्छ। माग घट्दै जान्छ, र नाफा घट्दै जान्छ।सहकारीको ऋण तिर्न गाह्रो हुँदै जान्छ। कम्पनीको लागत कम गर्न, उनले गाडी, घर, र सुन बेच्न थाल्छन्। तर, समस्या झन् गम्भीर बन्दै जान्छ।यस बीचमा, आफन्तहरू पनि पराइ बन्दै जान्छन्। सुवास र दुर्गाको सम्बन्धमा पनि तनाव आउन थाल्छ।परिस्थिति असह्य भएपछि, सुवासले आत्मदाह गर्ने निर्णय गर्छन्। उनी श्रीमती र देशलाई सन्देश लेखेर विदा लिन्छन्।

सुवासको जीवनले नेपालमा युवा उद्यमीहरूको सङ्घर्ष, सहकारीहरूको दुर्व्यवहार, र आर्थिक मन्दिको असरलाई उजागर गर्छ।सुवासको सपना देश र समाजलाई केही योगदान दिनु थियो, तर परिस्थितिले उनको जीवनलाई बर्बाद गरिदियो। तर, उनको बलिदानले समाजमा केही परिवर्तनको बीउ रोप्न सक्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष