लोकसेवा परीक्षा दिने १४ ‘खेताला परीक्षार्थी’ फन्दामा

नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग ।

बिज्ञापन

आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंङ हान्नेदेखि अधिकृतहरुले आफ्नै छोरीलाई उत्तरपुस्तिकामा सबै उत्तर सी लेख्न लगाएर पास गराउनेसम्मका गतिविधिका कारण लोकसेवा आयोगको गरिमा ओरालो लाग्ने स्थिति बनेको छ ।

बिज्ञापन

यसैबीच नक्कली परीक्षार्थीहरुका बिगबिगीका कारण आयोग विवादमा पर्न थालेका छ । पढ्नमा गोबर गणेश र धनी बुवा आमाका सन्तानले पैसा पेलेर खेताला परीक्षार्थी बनाउन थालेसँगै लोकसेवाका लागि समेत टाउको दुखाईको बिषय हुन थालेको छ ।

यसैबीच सुरक्षा संगठनतर्फ नेपाल प्रहरीको जवान पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने एक दर्जन बढी परीक्षार्थी निलम्बनमा परेका छन् ।

बिज्ञापन

सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले १४ जना परीक्षार्थीको परीक्षा रद्द गरेको हो । परीक्षामा अनियमित कार्य गर्ने उनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ ।
खेताला उमेद्धार बनाएर दैलेखका दिनेशकुमार थापाले आफ्नो ठाउँमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाएको पाइएको शाखाको भनाइ छ । त्यस्तै, प्रश्नपत्र लिएर गएर पुनः उपस्थित भई फिर्ता गर्ने डडेल्धुराका रमेश चुनारा पनि कारबाहीमा परेका छन् । अछामका चेतराज न्यौपानेले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर आफ्नो दाजु नरेश न्यौपानेलाई पठाएको पाइएको हो ।

बझाङकी पार्वती जोशीले पनि प्रश्नपत्रको फोटो खिचेर दाजु वसन्त जोशीलाई पठाएको खुलेको हो । बाराका अवधेशकुमार यादव मोबाइलमा हेरेर उत्तर लेखिरहेको अवस्थामा भेटिएका थिए । सप्तरीका जितेन्द्रदास ताती, सर्लाहीका सुजित चौधरी र नविनकुमार साह फिर्ता गर्नुपर्ने प्रश्नपत्र सँगै लिएर गएका हुन् ।

सुर्खेतका प्रदिप बस्यालको ठाउँमा दिनेश चन्द भन्ने व्यक्तिले परीक्षा दिएको पाइएपछि तीन वर्षका लागि निलम्बन गरिएको छ । सुर्खेतकै रोशन खत्रीको नाममा पारस बुढा परीक्षा दिँदै गर्दा समातिएका थिए । दार्चुलाका सविर महराले आफ्नो दाइ रविन्द्र महरालाई परीक्षा दिन पठाएका हुन् ।

त्यसैगरी, दैलेखका हिक्मतबहादुर थापाको साटो इशान तामाङ्ग, कालिकोटका रित शाहीको साटो अभिषेक शाही र जाजरकोटकी शर्मिला शाहीको साटो तृप्ति सन्दासले परीक्षा दिएको पाइएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष