दुई सहसचिवले दिए राजीनामा

निजामती सेवाका दुई सहसचिवले राजीनामा दिएका छन् ।

बिज्ञापन

सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले राजीनामा दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको छ ।

बिज्ञापन

इन्दु शिक्षा र धमला प्रशासन सेवाका कर्मचारी हुन् ।सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा रमेश आचार्यलाई नियुक्त गरेको छ ।

बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

बिज्ञापन

उनका अनुसार भू-उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को खण्ड ‘ञ’ बमोजिम संघीय भू-उपयोग परिषद्को सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, डा.रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष