प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् ।

बिज्ञापन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक भइसकेका बखती चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट उनी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।

बिज्ञापन

सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबारनै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव मुकुन्द प्रसाद निरौलाबाट शपथ ग्रहणसमेत गरिसकेका कार्यकारी निर्देशक बखतीले बुधवार देखि कार्यभार सम्हाल्दै छन् ।२०७५ सालमा स्थापना भएको प्रतिष्ठानले बेरोजगारी न्यूनीकरण गर्न स्वदेशमा नै रोजगारका अवसरहरू सृजना गर्ने तथा व्यावसायिक, सीपयुक्त एवं उद्यमशीलता विकास तालिमहरू सञ्चालन गर्दै आएको छ । साथै, सरकारले विभिन्न देशका सरकारसँग गरेको श्रम सम्झौता बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने, स्थानीय माग आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको सम्भावनालाई ध्यानमा राखी आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि, उद्यमशीलता विकास,प्रशिक्षक प्रशिक्षण तथा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्य पनि प्रतिष्ठानको रहेको छ ।

प्रतिष्ठानले स्थापना कालदेखि नै आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि तालिम,उद्यमशीलता विकास तालिम,प्रशिक्षक प्रशिक्षण, पूर्व प्रस्थान अभिमुखीकरण, कार्यस्थलमा आधारित तालिम लगायत सञ्चालन गर्दै आएको छ । साथै प्रतिष्ठानले आफ्नै प्रयोगशालाबाट केश शृङ्गार, सिलाई कटाइ, विद्युत जडान,अटोमोबाइल तथा मोटरसाइकल मर्मत लगायतका तालिम पनि सञ्चालन गर्दै आइरहेको छ । कार्यकारी निर्देशकमा नियुक्त भएपछि बखतीले भने, “ प्रतिष्ठानबाट सञ्चालन हुने तालिम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै मुलुकबाट बेरोजगारी अन्त्यका लागि लाग्नेछु ।”

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष