विशेष अदालत बारमा एमालेका वकिलको पल्लाभारी

विशेष अदालत बारमा एमालेनिकट वकिलहरुको संगठन पिपिएलए र माओवादी वकिलहरुको एनएलएका उम्मेदवार विजयी भएका छन् ।
शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित टीकाबहादुर कुँवर (निर्विरोध),उपाध्यक्ष शशिनाथ मरासिनी र सचिव युवराज बञ्जाडे तीनै जना एमाले निकट कानुन व्यवसायी हुन् ।

बिज्ञापन

अध्यक्षमा कुँवर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । उपाध्यक्षमा काँग्रेसकी पवित्रा राउतलाई एमालेका मरासिनीले १० मतको अन्तरमा पराजित गरे । विजयीले २५ र पराजितले १० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

काँग्रेसनिकट सचिव उम्मेदवार मनिषा बस्नेतले १४ मत ल्याउँदा बञ्जाडेले १६, सहसचिव कोपिला बस्नेत, कोषाध्यक्ष गणेश घिमिरे र महिला सदस्य मौसम राई यसअघि नै निर्विरोध भएका थिए ।

सदस्यमा विजयी बसन्त जोशीले ३५, सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, कुमारराज कार्कीले ३२, यज्ञप्रसाद खतिवडाले ३३ र बोलाराम पाण्डेले २७ मत पाएका छन् । १५ मत ल्याएका गंगाराम खनाललाई पराजय हात लाग्यो ।

बिज्ञापन

निर्वाचनमा काँग्रेसले एउटा मात्रै उम्मेदवार उठाएको थियो । एमालेले माधव नेपालको एकीकृत समाजवादी निकटबाहेक अरु सबै वामसँग तालमेल गरेको थियो ।

१३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गंगाराम खनाल रहेका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष