काठमाडौंको सिडिओ बन्न सहसचिवहरूको दौडधुप

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि केही महत्त्वपूर्ण जिल्लामा प्रमुख फेर्ने तयारी भएको छ। ०८१ असार ३१ गते उनले नेतृत्व सम्हालेपछि गृह प्रशासनमा आमूल परिवर्तन र हेरफेर गर्ने तयारी गरिरहेको बुझिएको छ । गृह प्रशासन अन्तर्गतका महत्वपूर्ण पद मानिने बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर जानका लागि कांग्रेस निकट भनिएका कर्मचारीहरूले चलखेल गर्दै आएका छन् ।

बिज्ञापन

काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रूपन्देही, कास्की, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, मोरङ, सुनसरी, धनुषा, बारा, मकवानपुर त्यस्तै काभ्रे, सिन्धुपाल्चोक र रसुवाजस्ता भन्सार नाका भएका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारी भएर जानको लागि कर्मचारीका बिचमा तछाडमछाड चलिरहेको छ ।त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिम्मेवारी लिएको १३ महिना बढी भएको छ। उनलाई हटाएर अर्को व्यक्ति पठाउने गृहकार्यमा गृह मन्त्रालय जुटेको हो।

बिज्ञापन

अहिले गृहमन्त्री लेखकले दाङ, ललितपुर, सुनसरी जस्ता जिल्लाको कमाण्ड सम्हालिसके कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यलाई काठमाडौंको सिडिओ बनाउन खोजेका छन् । त्यस्तै मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई काठमाडौं ल्याउन चर्को दबाब छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी पनि काठमाडौं आउनका लागि जोडबल गरिरहेको पाइन्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष