शिक्षासेवी बलराम पराजुली स्मृतिग्रन्थ प्रकाशित

भोजपुर जिल्लाको अरुण गाउँपालिका–४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेखरचनाहरू समेटेर ‘समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली’ नामक स्मृतिग्रन्थ प्रकाशित गरिएको छ ।
बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा शिक्षाका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए । उनले गाउँमा मुठी दान उठाएर २०११ सालमा विद्यालय स्थापना गरेका थिए । यसका साथै, उनी आधुनिक कृषि अभियानका कुशल अभियन्तासमेत थिए । उनै समाजसेवी पराजुलीले समाजमा दिएका योगदानहरूको स्मरण गर्दै ग्रन्थ प्रकाशित गरिएको हो । उक्त ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गरेका हुन् । वि.सं. १९७२ फागुन १ गते चरम्बीमा जन्मिएका पराजुलीको २०७० साल मंसिर २४ गते निधन भएको थियो ।
५८ जना लेखकले पराजुलीको जीवनी, व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका छन् । स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत ग्रन्थमा समेटिएको छ । ३४० पृष्ठको स्मृतिग्रन्थको स्मृति ग्रन्थ उमानाथ पराजुली, चूडामणि पराजुली, देवीसुन्दरी पराजुली (अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुलीले रहेका छन् ।
पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेजका रूपमा आएको ग्रन्थ इच्छुक पाठकलाई निःशुल्करूपमा उपलब्ध गराइने सम्पादक देवीप्रसाद घिमिरेले बताए ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष