छोरीको उत्तरपुस्तिका सच्चाउने लोक सेवाका अधिकृत भ्रष्टाचारी ठहर :-६ महिना कैद सजाय

तत्कालीन सचिव सूर्य गौतम,पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाको पथ पच्छयाउदै आफ्नै छोरीको उत्तरपुस्तिका सच्याउने काम गरेर विवादमा तानिएका लोकसेवा आयोगका तत्कालीन अधिकृत मिमबहादुर शाही विशेष अदालतबाट भ्रष्टचारी ठहर भएका छन् ।

बिज्ञापन

शाहीले नेपाल वायुसेवा निगम (खुला, समावेशी) सहायक चौथो (खरिदार) पदका लागि लोकसेवाले लिएको लिखित परीक्षामा सहभागी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याएर उत्तीर्ण गराउन खोज्नेसँगै उनी विरुद्ध विशेष अदालतमा मुद्धा चल्यो र आदलतबाट दोषी ठहर भएका हुन । शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले उनलाई दोषी ठहर गर्दे ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

बिज्ञापन

भएको के थियो भने, ११ जेठ ०७६ मा वायुसेवा निगमको सहायक चौथो तहको परीक्षा हुँदा शाखा अधिकृत शाही आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । निगमले विज्ञापन ०७५ ७६ मा विज्ञापन आह्वान गरेको थियो । छोरीले वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेखेको, तर पछि बुबाले सबै ५० वटा वस्तुगत प्रश्नको उत्तर मिलाएको लोकसेवाको छानबिनबाटै पुष्टि भएपछि अख्तियारले कारबाही अगाडि बढाएको थियो । ‘उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको’ भन्दै अख्तियारले सरकारी कागजात सच्याइ अनियमिमता गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ अनुसार मुद्दा चलाएको हो ।

यो घटनाताका आयोगमा आनन्दराज ढकाल सचिव थिए । नतिजा प्रकाशनको निर्णय सचिवसमक्ष पुगेपछि प्राप्तांक रुजु गर्न र उत्तरपुस्तिका फेरि जाँच गर्न निर्देशन भयो । र, वस्तुगत प्रश्नको ५० वटै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएकामा पछि थपेर ए, बी र डी बनाइएको पाइएपछि अख्तियारले उनीविरुद्ध विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

यस अघि शैक्षिक जनशक्ति विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (अवकाशप्राप्त सचिव) सूर्य प्रसाद गौतमले लोक सेवा परीक्षा दिएकी आफ्नै श्रीमती इन्दिरा ढकाल गौतमको उत्तर पुस्तिका जाँचेर विद्यालय निरीक्षक पदको लिखित परीक्षा पास गराएका थिए । यसैगरी अर्का पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले आफ्नी छोरी अन्तिमा कुमारी सिन्हाको उत्तरपुस्तिका आफैं जाँचेर पास गराएका थिए । लोक सेवा आयोगको प्रश्नपत्र पनि उनीहरुले नै बनाएका थिए । यो कुरा सार्वजनिक भएपछि दुवै परीक्षार्थीहरुको परीक्षा आयोगले रद्द गरेको थियो । तर सूर्य प्रसाद गौतम भने सर्वोच्च अदालतबाट सफाइ पाएर चोखिए । पछि उनै गौतम उत्कृष्ट निजामती सेवा पुरस्कार पाएर नेपाल सरकारबाट सम्मानित भए । चर्काे आलोचनामा परेसँगै त्यस यता यो पुरस्कार वितरण हुन छाडेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष