सेनाको चिफमा बाजी मारे सिग्देलले

मन्त्रिपरिषदको अहिले बेलुका बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापतिमा सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुने सेनापति प्रभुराम शर्माको स्थानमा सिग्देललाई लाने तयारीस्वरुप क्याबिनेटले कामुमा सिफारिस गरेको हो । नेपाली सेनाको परम्पराअनुसार अवकास पाउन एक महिना अगाडि विदामा बस्ने प्रचलन छ। शर्मा साउन २४ गतेदेखि विदामा बस्दैछन्। उनी ३ बर्ष सेनापति रहनेछन् भने पर्सिदेखि शशीभवनबाट प्रभुराम शर्माले सीतापाइलास्थित निजी निवासमा सामान सार्दैछन् । उनी विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामुको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ। उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ। त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता भएको थियो तर रक्षा मन्त्रालयले भने सिग्देलको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रमा कुनै कीर्ते नभएको जबाफ दिइसकेको छ ।  उनीमाथि दोहोरो नागरिकता लिएको र जन्ममिति किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा सर्वोच्चमा दायर गर्न खोजिएको युवराज सफलको रिट हिजो दरपीठ भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

बिशेष