मेरि आमा !!

हलो, जुवा, कोदाली र धानको बीउ डोकोमा बोकि,
फरिया पनि बेर्न नपाई, हतारोमा कुदेकी होलिन
मेरी आमा !

बिज्ञापन

धानको बीउ पुग्छ पुग्दैन, रोपार बाउसे पुग्छन पुग्दैनन,
चिन्ता लिएर छट्पटिदै, रोपाई गर्न हिडेकी होलिन
मेरी आमा !!

बिज्ञापन

हिलोको त्यो रोडामा मुटुनै बिज्ने गरि, खाली खुट्टा टेकेर,
छिङ छिङ चुराको आवाजमा, छुपु छुपु धान रोप्दै होलिन मेरी आमा !!

अर्म-पर्म गरेका खेतालाहरुलाई, कसरी खुसी पार्ने आज,
खाजा पनि सेलाउने हो कि भनी, चिन्तामा कुदेकी होलिन
मेरी आमा !!

बिज्ञापन

दिनभरिको झरीमा भिज्दै, मनमा खुसिका आँसु बर्साइ,
खेतालाहरुसङ थाहै नपाई, दिन काट्दै होलिन,
मेरी आमा !!

थकानले त्यो बूढो शरीर, कोदाली बिसाउननी नपाईकन ,
बेलुकाको खाना पकाई, थकाई मार्दै होलिन,
मेरी आमा !!

बुढाबा आगनीमा रोगले च्यापी, खङ-खङ खोक्दैहोलान,
अनि भन्छन् नानी धान रोपिसक्यो त ??
यसै बेला तातो पानी, पिलाउननी पुग्दी होलिन,
मेरी आमा!
यसै बेला तातो पानी पिलाउननी, पुग्दी होलिन
मेरी आमा!!!!

अमृता कार्की, सोलुखुम्बु

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

बिशेष