जर्नेल गुहार माग्दै किन पसे सिंहदरवार ?

दूरीका हिसाबले भद्रकालीस्थित जङ्गी अड्डा र रक्षा मन्त्रालय त्यति टाढा हैनन् । तर मुश्किलले दुई किलोमीटरको यात्रा हिजो भने सेनापति बन्ने क्रममा रहेका रथी अशोक सिग्देलका निम्ति कोशौँ टाढाजस्तो भैदियो । बढुवाको मुखमा उमेर विवाद छताछुल्ल हुन थालेपछि सहयोग माग्दै उनी अमेरिकी ग्रीनकार्डको लफडाले उस्तै तनाव झेल्दै रहेका सचिव किरणराज शर्मालाई भेट्न गएका थिए । भेटघाटको संयोजन गर्ने उनै मेजर सुदिप अर्याल थिए भने एक जना चश्माधारी एक तारे जर्नेल पनि साथमै देखिन्थे । “नीति हेर्ने मानबहादुर महरा या जनसम्पर्कका गौरव केसीमध्ये एक जना हुनुपर्छ,को हो त्योचाहिँ ठ्याक्कै ठम्याउन सकिएन ।”प्रत्यक्षदर्शी एक जना सहसचिवले जनआस्थालाई बताए ।सिग्देलको सरोकारवारे खुलाउँदै उनले भने-“दुश्मन लागे हजुर,सँस्थाको छवि र ब्यक्तिको मनोविज्ञानमा धेरै असर पर्न थाल्यो । पूर्ण चिफ सा”बकै पालामा हालका चिफ सा”ब र निर्मल जर्सा”बसहितले छानबिनबाट टुङ्ग्याएको बिषय हो यो । तैपनि भए नभएको कुरा खोतलेको खोतल्यै गर्न लागे । मर्का पर्यो हजुर,मन्त्रालयको तर्फबाट एउटा खण्डन बिज्ञप्ती निकाल्दिन पर्यो ।”

बिज्ञापन

बेला न कुबेला सँसदमा गएर सेनापति बोल्ने,तालुकवाला मन्त्रालय चूप लाग्ने । यस्तो बेला आफूलाई आपत पर्ने ब्यक्ति आफै सिंहदरवारमा बस्ने सिभिल हाकिम गुहार्दै हिंड्न बाध्य हुने,सचिव र मन्त्री एकार्कालाई देखाएर मौन बस्ने-नेपालको बिडम्वना यही नै हो ।

बिज्ञापन

अशोकको उपरोक्त आग्रहमा सचिव शर्मा तत्काल प्रतिक्रियाबिहिन रहेकोवारे जानकार एक अर्को श्रोत भन्छ-“उहाँले मन्त्रीज्यू (हरि उप्रेती) ले केही नगर्नु भन्ने म्यासेज पठाउनुभएको छ । म एक्लैले त के नै गर्न सक्छु र ! भन्ने जवाफ फर्काउनुभयो तर आफूलाई आएको भनिएको एसएमएसचाहिँ देखाउनु भएन ।”

जति गर्दा पनि पार नलागेपछि जर्नेलको टोली त्यत्तिकै भद्रकाली फर्केको र त्यसअघि मन्त्रालयको पार्किङमा सुदिप अर्यालसङ्ग एकछिन सरसल्लाह भएको श्रोतले बतायो ।

बिज्ञापन

यसवारे बुझ्न फोन सम्पर्क गर्दा सैनिक जनसम्पर्क निर्देशक गौरव केसीले आफू हिजो मन्त्रालय नगएको र अशोक सिग्देलको रक्षा सचिवसङ्ग भेटवार्तासम्वन्धमा केही पनि थाहा नभएको बताए ।जन आस्था

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

बिशेष