महिनौंदेखि रोकिएको तलब पाउने भए प्रहरी र कर्मचारीले,अर्थले पठायो ४ अर्ब ५ करोडको थप अख्तियारी

आर्थिक वर्ष सकिन १९ दिन बाँकी छँदा पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाएको छ ।नेपाल प्रहरी,न्यायलयका कर्मचारीले दुई महिनादेखि तलब पाएका थिएनन् । अर्थ मन्त्रालयले थप बजेट निकासा गरेपछि महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले तलब पाउने भएका हुन ।

बिज्ञापन

असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक, पारिश्रमिक पदाधिकारी शीर्षकमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा रकम नपुग्ने अवस्थामा त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी हुने अवस्थामा क्रियाकलापबीच समायोजन गरी भुक्तानी गर्न भनेको छ ।

बिज्ञापन

अर्थले पारिश्रमिक कर्मचारीमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोडसमेत गरी ४ अर्ब ५ करोडको खर्च गर्ने गरी महालेखामार्फत् सम्बन्धित कोलेनिकालाई अख्तियारी पठाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष