संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।
बिज्ञापन
अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता र घरभाडा समयानुकूल बनाउन माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् ।
बिज्ञापन
हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।
साथै कर्मचारीहरूले कार्यालय समयभित्र मात्र संसद्का कामकारबाही सञ्चालन नहुने भएकाले अतिरिक्त समयमा काम गर्नुपर्ने र त्यसवापत् अतिरिक्त सुविधा पाउनुपर्ने माग पनि राखेका छन् ।
बिज्ञापन
यी लगायतका ११ बुँदे माग राखेर कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























