निजामतीमा समावेशी प्रणालीबाट २४,१५२ प्रवेश,आदिवासी ६ हजार,दलित २,१८६ मात्र

समावेशिताको सुन्दर पक्ष नै यही हो । ६२/ ६३ को आन्दोलन पछि सार्वजनिक सेवामा समेत समावेशिता प्रणालीबाट पदपूर्ति हुन थालेको छ । ६४ यता समावेशी कोटाबाटै २४ हजार १२५ जना निजामती सेवामा प्रवेश गरेको लोकसेवा आयोगले जनाएको हो । आयोगको तथ्यांक अनुसार,संघीयता लागू भए यता,महिला ८ हजार २ सय ५९,आदिवासी जनजाती ६ हजार ४ सय ७५,मधेसी ५ हजार २ सय ४८ ले निजामती सेवामा प्रवेश गरेका छन् । यस्तै,दलितबाट २ हजार १ सय ८६,अपाङ्ग कोटामा १ हजार १ सय १२ र पिछडिएको क्षेत्रबाट ८७२ जनाले निजामती सेवामा प्रवेश पाएका छन् ।

बिज्ञापन

निजामती सेवामा दलितका लागि ९ प्रतिशत आरक्षण छुट्टाइएको छ तर प्रतिधित्व २ प्रतिशतभन्दा माथि छैन । लोकसेवाकै आँकडा अनुसार,६४ ६५ सालमा ८४ जना प्रवेश गरेका थिए,यो समुदायबाट । गत आर्थिक बर्षमा १३३ जना निजामती सेवामा छिरेका छन् । केन्द्रीय तथ्यांक विभागको आँकडा अनुसार,दलित समुदायको संख्या ३९ लाख ४ सय ६९ अर्थात कूल जनसंख्यामा १३ दशमलव ४ प्रतिशत । प्रदेशगत रुपमा सबैभन्दा कर्णालीमा २३ दशमलव ५,कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ । जसमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत, तराई दलित समुदाय ४ दशमलव ८ प्रतिशत रहेको विवरण भेटिन्छ । २०६४ सालमा निजामती सेवा ऐन संशोधन गरेर समावेशी कोटा अन्तर्गत ४५ प्रतिशत सिटमध्ये ९ प्रतिशत दलितलाई छुट्याइएको छ । तर, कार्यान्वयन भएको डेढ दशक नाघिसक्दा पनि निर्णायक तहमा अपवादका रूपमा छिटपुट दलितको प्रतिनिधित्व भेटिन्छ ।

बिज्ञापन

निजामती सेवामा झण्डै ८० हजार दरबन्दी रहेकोमा दलितको प्रतिनिधित्व  २,१८६ मात्र। जबकी निजामती सेवामा ९ प्रतिशत आरक्षण छुट्टाइएको छ । समावेशिताको सुन्दर पक्ष नै यही हो कि यही पछि निजामतीमा पहिलो पटक दलित सचिवका रुपमा डा मानबहादुर विकेले इतिहास कोर्न सफल भए । पहिला निजामतीमा दलित समुदायको प्रतिनिधित्व विरलै भेटिन्थ्यो । भए पनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । ७७ असारमा नेपालको निजामती क्षेत्रले पहिलो दलित सचिव पायो । पाल्पाको एउटा दुर्गम गाउँमा जन्मेका उनी ०६९ सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेर रेकर्ड कायम गरेका मानबहादुर विके रिटायर्ड पछि मधेश विश्वविद्यालयका डीनको जिम्मेवारीमा छन् ।

उनीझैं सचिव बन्ने लाइनमा छन्,प्रदीप परियार,सन्तबहादुर सुनार,मेघबहादुर मग्रातीहरु । सन्तबहादुर दलित समुदायबाट सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी बन्ने सुनार दोस्रो व्यक्ति हुन् । कम उमेर (सबैभन्दा कान्छो) प्रमुख जिल्ला अधिकारी बनेर सुरेश सुनारले रेकर्ड तोडिसकेका छन् । मग्राती ०७९ चैत १९ गतेदेखि पाँचथरको प्रमुख जिल्ला अधिकारी थिए । हालै सरुवा भएर सप्तरी पुगेका छन् ।

बिज्ञापन

महिला दलित महिला प्रमुख जिल्ला अधिकारीको सीता परियारले रेकर्ड तोडेकी छिन् । उनी काँग्रेस नेता जीवन परियारको जीवनसाथी सीता परियारको जीवन साथी हुन । कास्की घर भएकी सीताले अघि हुम्लाको प्रमुख जिल्ला अधिकारी,भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी,साँखु इलाका प्रशासन हुँदै अहिले एयरपोर्ट भन्सारमा पुगेकी छिन् । उनीझैं निजामतीको उपसचिव पदमा कार्यरत गणेश नेपाली,अहिले वालेनका सहयात्रीका रुपमा काठमाडौं महानगरपालिका हाँकिरहेका कान्छा सहसचिव प्रदीप परियार दलित समुदायबाटै उठेर यहाँसम्म पुगेका हुन । यस्का अलवा सिंहदरबारमै कार्यरत कानुन अधिकृत प्रमोद विके,अधिकृत नरेन्द्र परियारलाई सम्भवना बोकेका प्रशासकका रुपमा हेरिने गरिएको छ ।

प्रशासन समुह र तल्लो तहमा केही उपस्थिति देखिएपनि भए पनि परराष्ट्र तथा उच्च निकायमा दलितको उपस्थिती शून्य देखिन्छ । पूर्व सचिव तथा समावेशिताका अध्येता डा मान वहादुर विकेका अनुसार,‘जातिगत जनसंख्याको तुलनामा निजामती सेवामा प्रतिनिधित्व अत्याधिक असन्तुलित देखिएको छ । जस्तै मधेशी बाहुनक्षत्रीको प्रतिनिधित्व जनसंख्याको तुलनामा ४१३ प्रतिशत र खसआर्यहरुको १९७ प्रतिशत, मुस्लिमको १६ र दलितको ११ प्रतिशत मात्र रहेको देखिन्छ । यो विश्लेषण अनुसार मधेशी बाहुनक्षेत्रीको समानुपातिकता ३१३ र खसआर्यहरुको ९७ प्रतिशत बिन्दुले बढी छ भने मुस्लिमको ८४ र दलितको ८९ प्रतिशतले न्युन रहेको देखिन्छ । यति ठूलो खाडल साविकको नितिगत व्यवस्था र यही गतिको समाबेशीकरणले पुर्न सक्ने सम्भावना हुँदैन ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष