कक्षा १२ को प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा दुई शिक्षक पक्राउ

परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय विकास ज्ञवाली छन् ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । परीक्षा चलिरहेकै बेला काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भंग हुनेगरी प्रश्नपत्रहरु सामाजिक सञ्जालका माध्यमहरु ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबर लगायतमा सेयर गरेको खुलेको थियो ।

बिज्ञापन

विभिन्न ग्रुपहरु बनाएर तिनमा परीक्षाअघि नै प्रश्नपत्र तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदानप्रदान गर्ने÷गराउने गरेको पाइएको थियो ।उक्त कसुरमा संलग्नको खोजतलास दुवैलाई सोमबार टेकुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कार्बाहीका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष