भैरहवा भन्सारद्वारा तीनवटा मिनी ट्रकसहित सामान पक्राउ

भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ परेका मिनी ट्रकको बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ ।भन्सार गस्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट लु १ च ४७९२ नम्बरको ट्रक सहित ब्रा, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायत्का साढे १९ लाख भन्दा धेरै मुल्यको सामान पक्राउ गरेको हो ।

बिज्ञापन

भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार गश्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको बताए । सूचनाको आधारमा भन्सार गश्तीले दुईवटा ट्रकसहितको प्याज पक्राउ गरेको उनले बताए । ‘भन्सार गश्तीले प्रयोग गर्ने गाडीको प्रयोग गर्दा तस्करका सुराकीले टाढैबाट खबर गर्ने भएकाले गश्ती टोलीले भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेको थियो’, उनले भने ।

यसैगरी, भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको पछाडि मर्चवार जाने सडकको गरगट्टी भन्ने स्थानबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकसहित २ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ७ टन प्याज पक्राउ गरेको हो ।

बिज्ञापन

गस्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको गौतमले बताए ।भन्सार प्रमुख गौतमले चालकको बयानको आधारमा थप अनुशन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने बताए । उनले भन्सार कार्यालयले निरन्तर गश्ती गरिरहेकाले चोरीतस्करी गर्ने पक्राउ परिरहेको जनाए । ‘हामीले गश्तीलाई निरन्तरता दिएका छौं, बेलाबेलामा सूचनाहरु पनि आउने गरेका छन्’, उनले भने, ‘सूचनालाई तुरुन्तै फलोअप गरेर काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

बिशेष