सार्वजनिक यातायातलाई अपांगमैत्री बनाउन गृहको निर्देशन

सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।

बिज्ञापन

सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।

बिज्ञापन

 

अपांगता भएका तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका निम्ति सार्वजनिक बसमा अनिवार्य अपांगतामैत्री र्‍याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनले भने, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपांग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।”

बिज्ञापन

समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरूलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृहसचिव अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष