विशेष अदालतबाट भ्रष्टाचारी ठहर इन्जिनियर पोखरेलको ‘सुसाइड नोट’

विशेष अदालतले भ्रष्टाचारी ठहरिएका सिनियर डिभिजनल इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेलको घरबाट ‘सुसाइड नोट’ समेत फेला परेको छ । भक्तपुरको लोकन्थलीमा शुक्रबार आफ्नै निवास झुन्डिएको अवस्थामा फेला परेका पोखरेलमाथि प्रारम्भिक अनुसन्धान गर्दा आत्महत्या गरेको देखिएको भक्तपुर प्रहरीका प्रमुख एसपी बेद विष्टले जानकारी दिए ।

बिज्ञापन

प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।प्रहरीका अनुुसार, ‘नोटमा मैले आफ्नै कारणले आत्महत्याको बाटो रोजेको हुँ । कसैलाई दोष नदिनु होला । सकेसम्म तिमीहरु पनि नेपाल नबस्नु होला । चाँडै विदेश जानुहोला ।’

बिज्ञापन

विशेष अदालतले उनलाई बुधबार ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना दोषी ठहर भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

बिशेष