स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा आवेदन खुल्यो 

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षको आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

बिज्ञापन

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको २०८१ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र एम.पि.ए. तर्फका आंशिक तथा प्राइभेट परीक्षार्थीहरुले आ-आफ्‌नो क्याम्पसमा मिति २०८१ साल जेष्ठ २ गतेदेखि २०८१ साल जेष्ठ ३१ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको हो ।

बिज्ञापन

काठमाडौं उपत्यकाका क्याम्पसहरुले त्रि.वि.प.नि.का. को नाममा बैंक भौचर २ दिन भित्र परीक्षा आवेदन फाराम सहित अनिवार्य रुपमा त्रि.वि.प.नि.का., बल्खुमा बुझाई सक्नुपर्नेछ । उपत्यका बाहिरका क्याम्पसहरुले उक्त बैंक भौचर बनाएको ४ दिन भित्र परीक्षा आवेदन फाराम सहित क्षे.प.नि.का. को हकमा सम्बन्धित क्षेत्र.प.नि.का.मार प.नि.का. क्षेत्रका उपत्यका र बाहिरका क्याम्पसहरुले त्रि.वि.प.नि.का., वल्खुमा बुझाई सक्नुपर्नेछ ।परीक्षा फारामहरु बुझाउँदा सम्बन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा फाराम रुजु गराएर सम्बन्धित शाखामा बुझाउनु पर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्यानको महानिर्देशक बन्न मन्त्रालयका सहसचिवदेखि क्यानकै उपमहानिर्देशक प्रतिष्प्रर्धामा

साइबर बुलिङमा परेका उपसचिवलाई साता दिनपछि राहत

ट्रेड युनियन खारेजीको निर्णय अमान्य,कानुनी लडाइँ लड्ने तयारी

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

बिशेष