डेढ लाख घुससहित पक्राउ परेकी इञ्जिनियर तारेखमा छुटिन

डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाको सब इञ्जिनियर उषाकिरण रोकाया तारेखमा छुटेकी छिन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। पोखरा ५ पर्स्याङबाट उनीहरु पक्राउ परेका थिए । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको भेटिएपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरूको साथबाट १ लाख ५० हजार रूपैयाँ नगद पनि बरामद गरेको थियो।यही घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर शिवराज बराल पनि पक्राउ परेका छन्।

बिज्ञापन

अख्तियारले मुद्धा अगाडि बढाउनका लागि दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीबार विशेष अदालतमा प्रस्तुत गरेको थियो। अख्तियारले थप १५ दिन हिरासतमा राख्न माग सहित विशेषमा अनुमति माग गरेको थियो तर  अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उषाकिरणलाई तारेखमा राखी अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको हो।

बिज्ञापन

उषाकिरणले २६ महिनाकी शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले तारेखमा रहन पाउन माग गरेकी थिइन्। सोही मागको आधारमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उषाकिरणलाई तारेखमा राखी अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको हो।

छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी उषाकिरणलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिव नदेखिएकोले तारेखमा छाड्न आदेश दिएको विशेष अदालतले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष