संघीय निजामती सेवा विद्येयक संसदमै अलपत्र,अब अगाडि बढ्न बर्खे अधिवेशन कुर्नुपर्ने

संघीय निजामती सेवा विद्येयक फेरि अलपत्र परेको छ । आइतबार मध्यरातीबाट हिउँदे अधिवेशन अन्त्य भएसँगै यसपटक पनि संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती सेवा विद्येयक अगाडि नबढ्दा प्रशासनिक कानुन अलपत्र परेको हो ।

बिज्ञापन

आइतबारको प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठकमा यस विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाउने कार्यसूची रहेको थियो तर नेपाली कांग्रेसको अवरोधका कारण उक्त विद्येयक अगाडि बढ्न सकेन । त्यही अलपत्र परेको हो ।

बिज्ञापन

नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिन समिति गठन गर्न माग राखेर संसद् अवरोध गरेसँगै आजको कार्यसूचीमा रहेका अन्य सात वटा बिषय समेत अलपत्र परेको हो ।

संघीय संसद सचिवलयका कर्मचारीहरुका अनुसार, संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटामात्र सिटिङमा अल्झिएको थियो । आइतबारको बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक सम्बन्धित (राज्य व्यवस्था) समितिमा पठाइयोस् भनी प्रस्ताव पास गर्ने कार्यसूची थियो। यो विद्येयकलाई राज्यव्यवस्था समितिमा पठाउने व्यवस्था मिलाउनका लागि संसद सचिवालयका कर्मचारीहरुले समेत धेरै मेहनत गरेका थिए तर कांग्रेसको निरन्तर अवरोधका कारण आजको कार्यसूचीमा परेर पनि संसदको राज्यव्यवस्था समितिमा पठाउन नसकिएको संसद सचिवालयका एक उपसचिवले बताए ।

बिज्ञापन

एकातिर विद्येयक संसदमै अलपत्र पर्यो,अर्काेतिर राज्यव्यवस्था समितिले काम पाएन । संसदको हिँउदे अधिवेशनमा ल्याउन नसकिएको विद्येयक अब बर्खे अधिवेशनमा अगाडि बढ्न सक्छ । बजेट अधिवेशनमा यो विद्येयक अगाडि बढ्ने सम्भवना कम रहेको संसदका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष