अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् ।

बिज्ञापन

आठौँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रममा कर्मचारी पनि समेटिने बताएका हुन्। यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।

बिज्ञापन

अध्यक्ष डा. लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्ति शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा कार्यान्वयनतर्फ लैजान खोजिएको बताए ।

“स्वास्थ्य बिमा बोर्डको नियमावलीमै सङ्गठित व्यक्तिलाई स्वास्थ्य बिमामा समेट्ने उल्लेख छ । अब बिमा बोर्डले त्यसलाई कार्यान्वयनमा लैजान खोजेको छ,” उनले भने। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बिमा बोर्डले यसै वर्षदेखि सङ्गठित क्षेत्रका व्यक्तिलई स्वास्थ्य बिमा अनिवार्य गरिने जानकारी दिए । उनले औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार बोर्ड अगाडि बढेको बताए। स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ मा पनि सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमामा लैजानुपर्ने उल्लेख छ ।

बिज्ञापन

बिमा बोर्डले खपिरहेको अर्को समस्या स्थायी दरबन्दी नहुनुले हो । हाल देशभर ३ सय ७२ जनाको दरबन्दी रहेको बोर्ड अस्थायी कर्मचारीका भरमा चलिरहेको छ ।

कर्मचारी अभावले समयमै बिमा भुक्तानी गर्न मुस्किल परेपछि बोर्डले थप ९ सय ६७ जनाको स्थायी दरबन्दी माग गरेको थियो । तर स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालय पठाएको प्रस्ताव तीन वर्ष पुग्न लाग्दा पनि स्वीकृत भएको छैन । ‘चालू आर्थिक वर्ष भित्रमा बोर्डको सङ्गठन संरचना पास गछौं’ उनले भने, ‘अहिले बोर्डको कर्मचारी अभावका कारण निम्तिएको समस्या त्यसपछि हल हुनेछ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष