अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् ।

बिज्ञापन

आठौँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रममा कर्मचारी पनि समेटिने बताएका हुन्। यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।

बिज्ञापन

अध्यक्ष डा. लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्ति शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा कार्यान्वयनतर्फ लैजान खोजिएको बताए ।

“स्वास्थ्य बिमा बोर्डको नियमावलीमै सङ्गठित व्यक्तिलाई स्वास्थ्य बिमामा समेट्ने उल्लेख छ । अब बिमा बोर्डले त्यसलाई कार्यान्वयनमा लैजान खोजेको छ,” उनले भने। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बिमा बोर्डले यसै वर्षदेखि सङ्गठित क्षेत्रका व्यक्तिलई स्वास्थ्य बिमा अनिवार्य गरिने जानकारी दिए । उनले औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार बोर्ड अगाडि बढेको बताए। स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ मा पनि सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमामा लैजानुपर्ने उल्लेख छ ।

बिज्ञापन

बिमा बोर्डले खपिरहेको अर्को समस्या स्थायी दरबन्दी नहुनुले हो । हाल देशभर ३ सय ७२ जनाको दरबन्दी रहेको बोर्ड अस्थायी कर्मचारीका भरमा चलिरहेको छ ।

कर्मचारी अभावले समयमै बिमा भुक्तानी गर्न मुस्किल परेपछि बोर्डले थप ९ सय ६७ जनाको स्थायी दरबन्दी माग गरेको थियो । तर स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालय पठाएको प्रस्ताव तीन वर्ष पुग्न लाग्दा पनि स्वीकृत भएको छैन । ‘चालू आर्थिक वर्ष भित्रमा बोर्डको सङ्गठन संरचना पास गछौं’ उनले भने, ‘अहिले बोर्डको कर्मचारी अभावका कारण निम्तिएको समस्या त्यसपछि हल हुनेछ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष