सम्पत्ति शुद्धीकरणका पूर्वडीजी नै भ्रष्टाचारमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला वाइडबडी भ्रष्टाचारमा परेका छन्।

बिज्ञापन

वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा उनीसहित ३२ जनाविरूद्ध मुद्दा दायर भएको छ। सिटौला नेपाल वायुसेवा निगमनको सञ्चालक समिति सदस्यका रुपमा सो भ्रष्टाचारमा मुछिएका हुन् । उनी २०७३ सालदेखि २०७५ सम्म विभागको महानिर्देशक हुँदा निगमको सञ्चालक समितिमा समेत थिए ।

बिज्ञापन

वाइड वडी खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।यस मुद्दामा तत्कालीन पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने र पर्यटन सचिव शंकर अधिकारीविरूद्ध मुद्दा दायर भएको छ। अधिकारी नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष समेत थिए।

उक्त समितिका सदस्यहरू टेकनाथ आचार्य, निमा नुरू शेर्पा र मुक्तिराम पाण्डेविरूद्ध पनि मुद्दा दायर भएको हो। अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरूद्ध पनि दर्ता भएको छ। त्यसैगरी निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन नि.निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालविरूद्ध पनि मुद्दा छ।

बिज्ञापन

तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक बृहतमान तुलाधरविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

अर्थका दुई शक्तिशाली विभाग महानिर्देशकविहीन, भन्सारमा पनि नेतृत्व परिवर्तनको संकेत

निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार पाँच सयभन्दा बढी सुझाव आए

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

बिशेष