कर्मचारीहरुका कान्छो संगठनमा कलह

कम्युनिष्टहरुको रोगै हो,टुट,फुट र गुट । पार्टीमा देखिने यस्तो रोग कर्मचारीहरुको संगठनमा पनि सरेको छ,त्यो पनि पदका लागि । यस्तै एउटा गुटका कारण निजामती कर्मचारीहरुको कान्छो संगठनमा कलह शुरु भएको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जि ज्वाईहरुको टिमले विद्रोह शुरु गरेको हुन ।

बिज्ञापन

दुई बर्ष अघिमात्र श्रम विभागबाट स्वकीृति पाएर गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा अध्यक्ष पदका लागि  लफडा शुरु भएको हो । बढूवा पछि मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा छानिएका थिए गगन बिष्ट । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थलाई अध्यक्ष बनाउन शुरु गर्यो खेलोफड्को ।जसमा आफ्ना ग्रिपका यामबहादुर खत्रीलाई अध्यक्ष बनाउन खाजे तर व्याक हुन चाहेनन्,शरण गुरुङ ।

बिज्ञापन

गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । तर गत अस्ति फागुन २९ शरणहरुको समूहलाई माइनस गरी उपसचिवमा बढूवा सिफारिस भइसकेका गगनको अध्यक्षतामा बैठक बसालेर जारी गरेको अपानीप्रति शरणहरुको समूहले आपत्ति प्रकट गरेको छ । शरणलाई अध्यक्ष बन्न नदिने षडयन्त्र पूर्वक उनलाई पेशागत महासंघको समेत जिम्मेवारी दिइएको थियो । शरणलाई पेशागतको जिम्मेवारी सुम्पिए पछि उनले युनेगो (कर्मचारी संगठनमा) भाग खोज्दैनन् भन्ने बुझाई थियो उनीहरुको ।

तर शरणले पेशागत महासंघको जिम्मेवारीबाट राजीनामा दिए २३ पुसमा । शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी हुन । संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव,उपाध्यक्ष हुँदै अहिले सह अध्यक्षको भूमिकामा थिए तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा भाँडभैलो शुरु भएको छ । यसै त फुटेर सानो भएको संगठन,त्यही संगठनमा समेत चिरा परेसँगै ७३ जना केन्द्रीय कमिटिका पदाधिकारीहरुको हस्ताक्षर सहित ध्यानाकर्षण पत्र बोकेर पार्टी अध्यक्ष माधव नेपालका अलवा महासचिवसम्म भेटेको उक्त पक्षको दावी छ ।शरण इतरको पक्षले उक्त समूहसँग १२/१५ जना मात्र रहेको दावी गरेको छ तर शरण खेमाले भने ७३ जना केन्द्रीय किमिटिका पदाधिकारीहरुको हस्ताक्षरसहित पार्टी अध्यक्ष र महासचिवलाई ज्ञापनपत्र बुझाएको दावी गरेको छ । कर्मचारी प्रेसले शरण पक्षधरसँग अध्यक्ष र महासचिवलाई ध्यानाकर्षण बुझाउने केन्द्रीय कमिटिका ७३ जनाको नाम माग्दा दिन सकेका छैनन् ।

बिज्ञापन

शरणलाई अध्यक्ष बनाउनुपर्ने भन्दै प्रदेश र स्थानीय तहबाट विज्ञप्तीबाजी नै शुरु भएको छ । यो लफडा पछि शरणलाई नै संगठनको अध्यक्ष बनाइनु पर्ने भन्दै आफुहरु शरणको पक्षमा रहेको विज्ञप्ती निकालेका छन्,मधेश प्रदेश कार्यसमितिका अध्यक्ष तुलाकृष्ण गोइत,कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष गोरबहादुर बूढा र गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सोमलाल तिवारीहरुले । उनीहरुले एकीकृत सरकारी कर्मचारी संगठन काठमाण्डौ उपत्यका भित्रको मात्र सँगठन नभएर देशभरका कर्मचारीहरुको संगठन भएको  हुँदा सँगठकको गुनासो र चासोलाइ सम्बोधन गर्न र ब्यक्तिको पछाडि लागेर सँगठन नसिद्धाउन विज्ञप्ती जारी गरेका छन् ।

तर शरण कुशल संगठक नभएको,उनी पेशागत महासंघमा समेत भएका कारण दुईतिर जिम्मेवारी दिन नसकिने,ऐनले पनि नमिल्ने र शरणका आनी,बानीका कारण पनि उनलाई संगठनको अध्यक्ष बनाउन नसकिएको अर्काे पक्षले कर्मचारी प्रेससँग जिकिर गरेको छ ।

यता यस्तो विज्ञप्ती जारी भइरहँदा बहुमत पक्षधरको निर्णय भन्दै उपाध्यक्ष यामबहादुर खत्रीलाई अध्यक्षमा चुनिएको छ । यो घटना पछि संगठनमा रहेका शरण पक्षहरुले कस्तो निर्णय लिन्छन्,त्यो प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयक तुरुन्त जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठनको अपिल

सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

नियम विपरित काज सरुवा सामान्यले बदर गर्ने,विभागीय प्रमुख पदस्थापन गर्दा मन्त्रालयको सहमति अनिवार्य

उच्चस्तरीय सुशासन आयोग गठन भएको महिना दिन पछि डाकियो पहिलो बैठक

धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

सप्तरीमा दरबन्दी राखेर बर्ष दिनदेखि काजमा लुम्बिनीमै रमाइरहेका एक चिकित्सक

उसको सपना

बिशेष