डिआइजीको निर्णय दुई घण्टामै फिर्ता

सशस्त्र प्रहरी बल, नेपालका केही अधिकृतहरू यस्ता पनि छन कि पालो नै नआइ आफू भोलिको नेतृत्वकर्ता भन्दै हिड्ने तर कामचाहि एकदमै फितलो निर्णय गराउछन् । उनीहरुले गरेका निर्णयहरु एक घण्टानबित्दै निर्णय फिर्ता हुने गर्छन । आफूलाई भावी आइजीपी ठान्ने तर फितलो निर्णय गर्ने यस्तै पात्र हुन् कोशी (बराह बाहिनी)का प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल ।

बिज्ञापन

उनले मातहत निकायमा भाषण गर्दा वा निर्देशन दिँदा आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने भन्दै हिँड्ने तर घुमुवा खटाएर घुस असुल्ने गरेका छन् । सरुवाको सम्मुखमा रहेका डिआइजी पोखरेलले खटाएका घुमुवा यूनिट–यूनिट गएर चेक गर्दा केही फेला नपरेपछि सीमा नाकामा पुग्ने गरेका छन् । केही दिन अघि झापा सशस्त्रकै घुमुवाले सामान पक्राउ गर्दा पनि उनीहरुले डिआइजीको नाम लिएका थिए ।

बिज्ञापन

त्यसभन्दा पनि महत्वपूर्ण कुरा के हो भने फागुन २९ गते उनले पूर्वमा एउटा निर्णय गराए । त्यो निर्णय दुई घण्टा पनि टिकेन । फागुन २९ गते साढे चार बजे १ गुल्म ताप्लेजुङ्गबाट सप्रनि अदिलशेर लिम्वुको कमाण्डमा ४० जनाको टोली पाथिभरा केवलकार सुरक्षार्थ बेश स्थापनार्थ खटाइदिए । त्यो कसको आदेशमा खटाएका हुन भन्ने प्रष्ट छैन । हेडक्वार्टरमा पनि जानकारी छैन ।उनले आवश्यक हातहतियार तथा गोली गठ्ठा तथा वन्दोबस्तीका सामान सहित ताप्लेजुङ्ग, फुङलिङ नपा ११ काफ्लेपाटीतर्फ पठाएका थिए । त्यसरी पठाएको टोली डेढ घण्टा नवित्दै फिर्ता भयो ।

कत्यहाँको वस्तुस्थिति नबुझी उनले हेडक्वार्टरलाई पनि जानकारी नदिई किन सशस्त्र वेश क्याम्प स्थापान गर्ने निर्णय गरे भन्ने जवाफ दिन सकेका छैनन । उनले सुरक्षाकर्मी पठाएको र क्याम्प स्थापना गर्ने स्थान भन्दा १०० मिटर वर बेश स्थापनाको विरोध गर्दै मुकुलुङ संयुक्त समितिका करिब १०० जना भेला जम्मा भई बेश स्थापनार्थ गएका टोलीलाई बाटो अवरुद्ध गरेपछि सुरक्षाकर्मी फकेको थियो ।

बिज्ञापन

यो विषयमा प्रयाप्त अध्यन नगरी स्थानीयको भावना र मनोविज्ञान नबुझी सशस्त्र प्रहरीलाई खटाएको भन्दै अहिले सशस्त्र प्रहरी मूख्यालयमा डिआइजी पोखरेलको आलोचना भइरहेको छ । गत माघमै सरुवा हुनुपर्ने डिआइजी पोखरेल अझै बराह बाहिनीमै रहेका छन् । उनी १४ महिना त्यहाँ बसिसकेका छन् । केन्द्रमा सरकार परिवर्तन भैरहेको र अस्थिर सरकार भएको फाइदा उठाएर अझै पनि कोशी प्रदेशका विभिन्न जिल्लमा घुमुवा खटाइरहेका पोखरेलको पाथीभरामा सुरक्षार्थ वेश क्याम्प स्थापान गर्ने निर्णय कसको स्वार्थपूर्तिका लागि भएको थियो भन्ने स्पष्ट जवाफ दिन सकेका छैनन ।

त्यहाँ केवुलकार बन्ने विषयमा धेरै वर्षदेखि विवाद रहेको विषयलाई समेत नबुझी उनले कुनै एक व्यापारिक घरानालाई रिझाउन खोजेका हुन् कि चिढ्याउन खोजेका हुन भन्ने स्पष्ट नखुलेको सशस्त्र प्रहरीका एक अधिकृतले भने । ‘सशस्त्रले सुरक्षा दिनुपर्छ तर वस्तुस्थितिको सही मूल्यांकन गर्नुपर्छ’, ती अधिकृतले भने । दृष्टिबाट

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष