सभामुख हुँदा यौनकाण्ड,उपाध्यक्ष हुँदा सुनकाण्ड

नेकपा माओवादीभित्र गच्छदारको उपमा पाएका नेता हुन कृष्णबहादुर महरा । ६३ पछि उनी पटक पटक गरी ६ पटक भए । कहिले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । सञ्चार मन्त्री हुँदा उनी चिनिँया नागरिकसँगको ५० करोडको अडियो टेप सार्वजनिक भयो ।

बिज्ञापन

त्यस यता सभामुख हुँदा यौनकाण्डमा मुछिए । १३३ दिनसम्म प्रहरी थुनामा रहेका उनी साढे चार बर्ष पछि फेरि र पक्राउ परेका छन् । चार बर्ष अघि सभामुख हुँदा यौनकाण्ड लागेर १३३ दिन थुनामा बसेर निस्किएका महरा दोश्रो पटक प्रहरी नियन्त्रणमा पुगेका छन् । हुलाकी मार्ग भएर रुपन्देहीबाट दाङ्ग जाँदै गर्दा कपिलवस्तुको पकडीबाट बाटो छेकी समातिएका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सीधै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोतर्फ लगिएको हो ।

बिज्ञापन

उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाण्डौ ल्याइएको थियो । काठमाण्डौमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित नयाँ कार्यालयतर्फ लिएर गएको छ ।

साढे चार बर्ष अघि महरा प्रतिनिधि सभाको सभामुख थिए । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे । १३३ दिन प्रहरी थुनामा बसेका उनलाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

बिशेष