विशेषको फैसला चित्त बुझेन अख्तियारलाई,पुनरावेदनका लागि पुग्यो सर्वाेच्च

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा पुगेको छ ।एउटा ठूलो माछा उपर अख्तियारले झण्डै १८ करोड ६६ लाखको भ्रष्टाचार मुद्धा चलाउँछ । पाँच बर्षसम्म अदालतमा लन्ठाइएको मुद्धामा फैसला आउँछ तर अख्तियारको मागदावी भन्दा आधा मात्र सजाय तोकेर । विशेषले ९ करोड १९ लाखमात्र जरिवाना तोकेपछि अख्तियारलाई चित्त बुझ्दैन र फैसला आएको ६ महिना पछि अख्तियार विशेषका विरुद्ध सर्वाेच्च पुगेको छ ।

बिज्ञापन

अख्तियारले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको  फैसला चित्त नबुझेको भन्दै पुनरावेदनका लागि  सर्वाेच्च अदालतमा पुगेको हो ।
अख्तियारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदमा रहँदा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र कैद सजायको माग गर्दै विशेष अदालतमा पुगेको थियो २३ पुस २०७५ मा ।

बिज्ञापन

अख्तियारले मुद्धा दायर गरेको पाँच बर्ष पछि विशेष अदालतले १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला सुनायो । यही फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वाेच्च पुगेको हो ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै १ वर्ष तीन महिना कैद सजाय सुनाएको हो । साथैं साथै इजलासले उनको नाममा भएको सबै सम्पत्ति र श्रीमतीको नाममा भएका दुईवटा जग्गा पनि जफत गर्न आदेश दिएको छ ।

बिज्ञापन

अख्तियारले प्रर्याप्त प्रमाणहरु हुँदाहुँदै पनि मागदावी भन्दा आधा मात्र सजाय सुनाइएको प्रति चित्त नबुझेको कारण पुनरावेदन गर्न परेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका खरिदारदेखि शाखा अधिकृत तहका ६८ कर्मचारीको व्यवस्थापन

आयल निगमको कार्यकारी निर्देशक कसलाई ?

शाखा अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

वनका हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको अन्तिम प्रतिस्पर्धा, मन्त्रिपरिषद्ले गर्ने एक जनाको नियुक्ति

सहसचिवमा प्रथम भएका विजयकुमार शर्माको लोकसेवा टिप्स

कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

बिशेष