विशेषको फैसला चित्त बुझेन अख्तियारलाई,पुनरावेदनका लागि पुग्यो सर्वाेच्च

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा पुगेको छ ।एउटा ठूलो माछा उपर अख्तियारले झण्डै १८ करोड ६६ लाखको भ्रष्टाचार मुद्धा चलाउँछ । पाँच बर्षसम्म अदालतमा लन्ठाइएको मुद्धामा फैसला आउँछ तर अख्तियारको मागदावी भन्दा आधा मात्र सजाय तोकेर । विशेषले ९ करोड १९ लाखमात्र जरिवाना तोकेपछि अख्तियारलाई चित्त बुझ्दैन र फैसला आएको ६ महिना पछि अख्तियार विशेषका विरुद्ध सर्वाेच्च पुगेको छ ।

बिज्ञापन

अख्तियारले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको  फैसला चित्त नबुझेको भन्दै पुनरावेदनका लागि  सर्वाेच्च अदालतमा पुगेको हो ।
अख्तियारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदमा रहँदा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र कैद सजायको माग गर्दै विशेष अदालतमा पुगेको थियो २३ पुस २०७५ मा ।

बिज्ञापन

अख्तियारले मुद्धा दायर गरेको पाँच बर्ष पछि विशेष अदालतले १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला सुनायो । यही फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वाेच्च पुगेको हो ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै १ वर्ष तीन महिना कैद सजाय सुनाएको हो । साथैं साथै इजलासले उनको नाममा भएको सबै सम्पत्ति र श्रीमतीको नाममा भएका दुईवटा जग्गा पनि जफत गर्न आदेश दिएको छ ।

बिज्ञापन

अख्तियारले प्रर्याप्त प्रमाणहरु हुँदाहुँदै पनि मागदावी भन्दा आधा मात्र सजाय सुनाइएको प्रति चित्त नबुझेको कारण पुनरावेदन गर्न परेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष