कर्मचारीका अभिभावक किन धाइरहेछन रातोघर ?

हजारौं कर्मचारीका अभिभावक हुन मुख्यसचिव । उनी सिंगो कर्मचारीमात्र होइन,निजामतीमा प्रवेश गर्न चाहनेहरुको रोल मोडल बन्नुपर्नेथ्यो तर तिनै निजामतीका सर्वाेच्च पदमा आसिन व्यक्ति नै पटक पटक अख्तियार धाइरहेका छन् । नेशनल पेमेन्ट गेटवे,सुरक्षण मुद्रण,टेरामक्स,विकल पौडेलसँगको अनुचित लेनदेन र टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालामा समेत जोडिएका छन् बैकुण्ठ अर्याल ।झण्डै आधा दर्जन भ्रष्टाचारसँग सम्बन्धित मुद्धामा जोडिएका अर्याल,एक पछाडि अर्काे प्रकरणमा बयान दिन टंगाल धाइरहेका छन् ।

बिज्ञापन

टेरामक्स प्रकरणमा अनुसन्धान नसकिँदै भ्रष्टाचार अभियोग लागेका विकल पौडेलसँग अनुचित लेनदेन र गठजोड गरेको निस्कर्षमा पुगेको छ,अख्तियार । १४ लाख रुपैंया तेस्रो व्यक्तिको खातामार्फतद बुझेको घटना सार्वजनिक भएसँगै मुख्य सचिव बैकुण्ठ अर्याल अर्काे लफडामा मुछिएका छन् । टंगाल स्रोतका अनुसार अर्यालले अहिलेसम्म तेस्रो पटक अख्तियारमा पुगेर बयान दिइसकेका छन् । अर्याल केही दिनअघि मात्र बयान दिन टंगाल पुगेर बयान दिएर फर्किएको बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याललाई ०७८ साउन २५ गते सञ्चार सचिवमा सरुवा गरिएको थियो । उनी करिब १८ महिना सञ्चारमा रहे । त्यहीबीचमा विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरे र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि आधार तय गरिदिए । यही बीचमा अर्याल–पौडेलबीच आर्थिक लेनदेन भएको थियो । त्यसअघि अर्याल सञ्चार मन्त्रालयबाट २०७९ चैतमा पुनः प्रधानमन्त्री कार्यालयमै सरुवा भएका थिए ।
अर्याल उमेर हदका कारण ०७९ साल असार ३ गते नै नियमित अवकाशमा जाँदै थिए । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले आफ्नो ४ महिना कार्यकालअगावै बीचैमा राजीनामा दिए । र, अर्याललाई मुख्यसचिव बन्ने बाटो खोलिदिए । बैरागीको हठात् राजीनामा आउनु र अर्यालको मुख्यसचिव नियुक्ति हुनु संयोग मात्र थिएन । प्रशासनमा बैरागीको बहिर्गमन र अर्यालको आगमनलाई सन्देहास्पद रूपमा हेरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालमाथि टेरामक्स प्रविधि खरिदमा भएको घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको अन्तिम तयारी गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

प्रशासन र मालपोतबाट २९ विचौलिया पक्राउ

कारबाही हुनुपर्ने उपसचिव निरौला सहसचिवमा बढुवा सिफारिस, प्रशासन नै प्रश्नको घेरामा

१४ उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष