कर्मचारीका अभिभावक किन धाइरहेछन रातोघर ?

हजारौं कर्मचारीका अभिभावक हुन मुख्यसचिव । उनी सिंगो कर्मचारीमात्र होइन,निजामतीमा प्रवेश गर्न चाहनेहरुको रोल मोडल बन्नुपर्नेथ्यो तर तिनै निजामतीका सर्वाेच्च पदमा आसिन व्यक्ति नै पटक पटक अख्तियार धाइरहेका छन् । नेशनल पेमेन्ट गेटवे,सुरक्षण मुद्रण,टेरामक्स,विकल पौडेलसँगको अनुचित लेनदेन र टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालामा समेत जोडिएका छन् बैकुण्ठ अर्याल ।झण्डै आधा दर्जन भ्रष्टाचारसँग सम्बन्धित मुद्धामा जोडिएका अर्याल,एक पछाडि अर्काे प्रकरणमा बयान दिन टंगाल धाइरहेका छन् ।

बिज्ञापन

टेरामक्स प्रकरणमा अनुसन्धान नसकिँदै भ्रष्टाचार अभियोग लागेका विकल पौडेलसँग अनुचित लेनदेन र गठजोड गरेको निस्कर्षमा पुगेको छ,अख्तियार । १४ लाख रुपैंया तेस्रो व्यक्तिको खातामार्फतद बुझेको घटना सार्वजनिक भएसँगै मुख्य सचिव बैकुण्ठ अर्याल अर्काे लफडामा मुछिएका छन् । टंगाल स्रोतका अनुसार अर्यालले अहिलेसम्म तेस्रो पटक अख्तियारमा पुगेर बयान दिइसकेका छन् । अर्याल केही दिनअघि मात्र बयान दिन टंगाल पुगेर बयान दिएर फर्किएको बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याललाई ०७८ साउन २५ गते सञ्चार सचिवमा सरुवा गरिएको थियो । उनी करिब १८ महिना सञ्चारमा रहे । त्यहीबीचमा विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरे र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि आधार तय गरिदिए । यही बीचमा अर्याल–पौडेलबीच आर्थिक लेनदेन भएको थियो । त्यसअघि अर्याल सञ्चार मन्त्रालयबाट २०७९ चैतमा पुनः प्रधानमन्त्री कार्यालयमै सरुवा भएका थिए ।
अर्याल उमेर हदका कारण ०७९ साल असार ३ गते नै नियमित अवकाशमा जाँदै थिए । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले आफ्नो ४ महिना कार्यकालअगावै बीचैमा राजीनामा दिए । र, अर्याललाई मुख्यसचिव बन्ने बाटो खोलिदिए । बैरागीको हठात् राजीनामा आउनु र अर्यालको मुख्यसचिव नियुक्ति हुनु संयोग मात्र थिएन । प्रशासनमा बैरागीको बहिर्गमन र अर्यालको आगमनलाई सन्देहास्पद रूपमा हेरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालमाथि टेरामक्स प्रविधि खरिदमा भएको घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको अन्तिम तयारी गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

बिशेष