अन्तत : स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने सहमति

अन्तत स्थानीय तहको कर्मचारीको अवकाश कोष संघमै रहने गरी सहमति जुटेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनले मन्त्रालयले गत पुस १७ गते सबै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहमै अवकाश कोष’ स्थापना गर्न भनेको थियो ।

बिज्ञापन

संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदेमा असहमती राख्दै आएका थिए । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधनका लागि सुझाव माग गरेकोमा स्थानीय तह कर्मचारी सञ्जाल दफा ९१ र ८७ मा आपत्ति जनाउँदै आएका थिए । स्थानीय तहका कर्मचारीहरुले ऐनमा भएको विद्यमान व्यवस्थाले आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारीले आफूहरुको सेवा सुविधा संघीय निजामती कर्मचारी सरह हुनुपर्ने माग राखेका छन् । स्थानीय तहबाटै मासिक रुपमा १० प्रतिशत तलब काटिने र स्थानीय तहमै अवकाश कोष रहने विद्यमान व्यवस्थालाई संशोधन गरी संघीय कानुन बमोजिम हुनुपर्ने संशोधन प्रस्ताव राखेका थिए ।

बिज्ञापन

स्थानीय तहका कर्मचारीहरुले दफा ८७ मा रहेको विद्यमान प्रतिष्प्रर्धाको व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव स्थानीय तहका कर्मचारीहरुले पेश गरेका थिए । मन्त्रालयमा सहसचिव सुमन दाहालको संयोजकत्वमा स्थानीय सेवा अवकाश कोष संचालन तथा व्यवस्थापनका विषयमा राय दिनका लागि एक कार्यदल बनाएको थियो । सोही कार्यदल र सरोकारवाला हिजो भएको वार्तामा सहमती जुटेको हो ।

मन्त्रालयमा स्थानीय तहका कर्मचारीहरुको प्रतिनिधित्व गर्दै ईश्वर बहादुर सिङ, मेघराज खत्री , प्रेम गिरि लगायतका कर्मचारीहरु उपस्थित रहेकोमा कोष संघमा नै रहनुपर्ने एक सूत्रीय माग राख्दै आएका थिए ।  हिजो भएको छलफलमा स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने सहमती जुटेको छ ।

बिज्ञापन

छलफलपछि अवकाश कोष संघमा नै राख्ने सहमति भएको स्थानीय तह कर्मचारी केन्द्रीय समितिका सहसंयोजक ईश्वरबहादुर जानकारी दिएका थिए ।

सो छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कर्मचारी ट्रेड युनियनका प्रतिनिधि, काठमाडौँ उपत्यकाका स्थानीय तहका कर्मचारीहरुको प्रतिनिधि, सामाजिक सुरक्षा कोष तथा नागरिक लगानी कोषका प्रतिनिधि, स्थानीय तहमा कार्यरत करार, घरेलु र जिविसमा कार्यरत कर्मचारीका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष