आज मगर दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।

बिज्ञापन

तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् । त्यस्तै पाल्पाका सबै १० र प्युठानका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा हुने भएको छ ।

बिज्ञापन

पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहले मगर एकता दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएका हुन् । स्थानीय तहहरुले विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएका छन् ।

नवलपरासी पूर्वका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । गैंडाकोट, देवचुली नगरपालिका र बुलिंटार गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।

बिज्ञापन

स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङघाली परिवार संघको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बिशेष