आज मगर दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।

बिज्ञापन

तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् । त्यस्तै पाल्पाका सबै १० र प्युठानका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा हुने भएको छ ।

बिज्ञापन

पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहले मगर एकता दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएका हुन् । स्थानीय तहहरुले विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएका छन् ।

नवलपरासी पूर्वका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । गैंडाकोट, देवचुली नगरपालिका र बुलिंटार गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।

बिज्ञापन

स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङघाली परिवार संघको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

निजामतीभित्र कति होलान नक्कली प्रमाणपत्रधारी ?

सशस्त्रमा ६ डीआईजीको पद रिक्त, १४ एसएसपीबीच प्रतिस्पर्धा

ट्रेड युनियनमा लागेका कर्मचारीहरुलाई निर्वाचनमा नखटाइने,आफ्नै वडामा जान समेत कडाइ

प्राविधिकतर्फका आठ सेक्सन अफिसर उपसचिवमा बढुवा सिफारिस

उपसचिव पदमा इन्जिनियरिङ सेवाका आठ जना सिफारिस

बिशेष