कार्यकक्षमै वडा अध्यक्षहरुबाट कुटिए प्रमुख प्रशासकीय

रुपन्देहीस्थित देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि कुटपिट भएको छ । उनीमाथि वडा अध्यक्षहरुले कुटपिट गर्नुका साथैं कार्यकक्षमा समेत ताला लगाइदिएका थिए । वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी समेत तोडफोड गरेर फुटाइदिएका छन् ।

बिज्ञापन

नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाउनुका अलवा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका हुन । नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला ठोकेका हुन । कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्। सो पालिकाको मेयरमा ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा कार्यरत छन् ।

बिज्ञापन

उनीहरुले दुबैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दीमा उत्रने जनप्रतिनिधिहरुमा डा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू लगायत रहेको बताइएको छ । नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा वडाध्यक्षहरूले आपत्ति जनाएका थिए । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह ७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेपछि शुरु भएको लफडा कार्यालय तोडफोड,प्रमुख प्रशासकीय अधिकृत कुटपिट हुँदै तालाबन्दीसम्म पुगेको थियो ।

बिज्ञापन

प्रहरीले अहिले ताला भने खुलाएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष