कार्यकक्षमै वडा अध्यक्षहरुबाट कुटिए प्रमुख प्रशासकीय

रुपन्देहीस्थित देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि कुटपिट भएको छ । उनीमाथि वडा अध्यक्षहरुले कुटपिट गर्नुका साथैं कार्यकक्षमा समेत ताला लगाइदिएका थिए । वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी समेत तोडफोड गरेर फुटाइदिएका छन् ।

बिज्ञापन

नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाउनुका अलवा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका हुन । नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला ठोकेका हुन । कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्। सो पालिकाको मेयरमा ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा कार्यरत छन् ।

बिज्ञापन

उनीहरुले दुबैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दीमा उत्रने जनप्रतिनिधिहरुमा डा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू लगायत रहेको बताइएको छ । नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा वडाध्यक्षहरूले आपत्ति जनाएका थिए । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह ७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेपछि शुरु भएको लफडा कार्यालय तोडफोड,प्रमुख प्रशासकीय अधिकृत कुटपिट हुँदै तालाबन्दीसम्म पुगेको थियो ।

बिज्ञापन

प्रहरीले अहिले ताला भने खुलाएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष