आयल निगम काँग्रेसलाई,माओवादीको भागमा दूरसञ्चार प्राधिकरण

सरकार गठबन्धनको छ र सरकारी नियुक्तिहरु पनि भागबण्डामै चलिरहेको छ । हिजो बसेको क्याविनेट बैठकले विभिन्न तीन निकायमा नियुक्त गरेको छ । जसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक,नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव । जसमा काँग्रेस र माओवादीले भागबण्डा गरेर ती पदमा आफ्ना मान्छे नियुक्त गरेको देखिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । भण्डारी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकारका रुपमा कार्यरत थिए । कार्यकाल बाँकी छँदै अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर त्यहाँ दरखास्त खुलाइएको थियो । जहाँ २५ जना आवेदकको आवेदन दिएका थिए । सर्ट लिष्टमा उनै भण्डारीसहित अरु दुई जनाको नाम सिफारिस भएकोमा क्याविनेट बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । दूरसञ्चार प्राधिकरण माओवादीले लिएको हो । यस्तै क्याविनेटले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

कार्यकाल बाँकी छँदै उमेश थानीले राजीनामा दिएर हिडेसँगै रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आयल निगमले पुस ७ गते दरखास्त आह्वान गरेको थियो । आयल निगमको कार्यकारी खानका लागि १४ भाइले आवेदन दिएका थिए । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, , लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।

बिज्ञापन

यीमध्येबाट चण्डीका भट्ट,दोश्रोमा डोलप्रसाद चापागाई र तेश्रोमा शत्रुध्न प्रसाद पुडासैनी सर्ट लिष्टमा परेका छन् । काँग्रेसको नेतृत्वसँग अति निकट देखिएका र चतुर खेलाडीका रुपमा चिनिएका भट्ट नै आयल निगमको कार्यकारीको कुर्सीमा  पुग्ने निश्चित रहेको खबर हिजै बिहान मात्र कर्मचारी प्रेसले सार्वजनिक गरेको थियो ।

आयल निगमको कार्यकारीको कुर्सीमा भट्ट पुग्ने पक्कापक्की

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष