‘एक मुठ्ठी बादल’मा आँचल

फिल्म ‘एक मुठ्ठी बादल’को निर्माण हुने भएको छ । साहारा शर्माको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा नायिका आँचल शर्मा फाइनल भएकी छिन् । फिल्ममा आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भूमिका रहनेछ ।

बिज्ञापन

अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्य राज तिमिल्सेनाको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मले आमा र छोरीको गहन सम्बन्धलाई देखाउनेछ ।

बिज्ञापन

आँचल ‘एक मुठ्ठी बादल’लाई लिएर उत्साहित देखिएकी छन् । उनी इन्स्टाग्राममा लेखिन्छन्, ‘यो जीवनभरको भूमिका हो । अन्ततः मलाई व्यक्तिगत रूपमा केही गर्ने मौका मिलेको छ ।’ उनले यो फिल्मलाई नेपाली महिलाको नसुनेको कथा भनेकी छन् । आगामी माघ पहिलो साताबाट आँचलले ‘राजमहल’को छायांकन सुरु गर्नेछिन् । यसपछि उनले ‘एक मुठ्ठी बादल’लाई समय निकाल्नेछिन् ।

फिल्मको फस्टलुक सार्वजनिक गर्दै आँचलले लेखेकी छिन्–पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ? एक मुठ्ठी बादल आमा छोरीहरू बीचको अनौठो सम्बन्धको श्रृतिमधुर संगीत हो । अराजकतालाई अंगाल्ने, अपुर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि धूनमा सुनौँ ।’

बिज्ञापन

फिल्मको छायांकन फागुन महिनाबाट सुरु हुने निर्माणपक्षले बताएको छ । यो फिल्मलाई लिएर नायिका शर्मा उत्साहित देखिएकी छिन् ।

आँचलले हाल फिल्म ‘डिग्री माइला’को छायांकन गरिरहेकी छिन् । यसपछि, उनले यो फिल्मको छायांकन सुरु गर्नेछिन् । उनले, फिल्म ‘राजामहल’ पनि साइन गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष