‘एक मुठ्ठी बादल’मा आँचल

फिल्म ‘एक मुठ्ठी बादल’को निर्माण हुने भएको छ । साहारा शर्माको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा नायिका आँचल शर्मा फाइनल भएकी छिन् । फिल्ममा आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भूमिका रहनेछ ।

बिज्ञापन

अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्य राज तिमिल्सेनाको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मले आमा र छोरीको गहन सम्बन्धलाई देखाउनेछ ।

बिज्ञापन

आँचल ‘एक मुठ्ठी बादल’लाई लिएर उत्साहित देखिएकी छन् । उनी इन्स्टाग्राममा लेखिन्छन्, ‘यो जीवनभरको भूमिका हो । अन्ततः मलाई व्यक्तिगत रूपमा केही गर्ने मौका मिलेको छ ।’ उनले यो फिल्मलाई नेपाली महिलाको नसुनेको कथा भनेकी छन् । आगामी माघ पहिलो साताबाट आँचलले ‘राजमहल’को छायांकन सुरु गर्नेछिन् । यसपछि उनले ‘एक मुठ्ठी बादल’लाई समय निकाल्नेछिन् ।

फिल्मको फस्टलुक सार्वजनिक गर्दै आँचलले लेखेकी छिन्–पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ? एक मुठ्ठी बादल आमा छोरीहरू बीचको अनौठो सम्बन्धको श्रृतिमधुर संगीत हो । अराजकतालाई अंगाल्ने, अपुर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि धूनमा सुनौँ ।’

बिज्ञापन

फिल्मको छायांकन फागुन महिनाबाट सुरु हुने निर्माणपक्षले बताएको छ । यो फिल्मलाई लिएर नायिका शर्मा उत्साहित देखिएकी छिन् ।

आँचलले हाल फिल्म ‘डिग्री माइला’को छायांकन गरिरहेकी छिन् । यसपछि, उनले यो फिल्मको छायांकन सुरु गर्नेछिन् । उनले, फिल्म ‘राजामहल’ पनि साइन गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष