गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । काठमाडौंमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा कार्यरत छन् । काठमाडौंमा कार्यरत सिडिओ जितेन्द्र बस्तेलाई मन्त्रालयमा लगिएको छ । यस्तै प्यूठानका नारायण अर्याललाई गृह मन्त्रालयमा ल्याइएको छ । सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्ला एक महिनादेखि रिक्त थिए […]

अब देखि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) नचल्ने भएको छ । विशेषगरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक र सेवाग्राहीको काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो । सिंहदरबारभित्रका करिब ७० प्रतिशत कर्मचारी शेयर कारोवारी रहेको बताइन्छ । यसरी सेवाग्राहीको […]

सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसँगै चार बर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो । २०७६ सालदेखि जग्गाको कित्ताकाट खोल्ने र रोक्ने शृङ्खला चल्दै आएको […]

महालेखा नियन्त्रक कार्यालय प्रशासन सेवा लेखा समूहका कर्मचारी सरुवा,पदस्थापन सम्बन्धि मापदण्ड तयार पारेको छ ।कार्यालयले भाद्र २० गते उक्त मापदण्ड स्वीकृत गरेको छ । लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन अब सोही मापदण्डमा टेकेर गरिने उक्त कार्यालयले जनाएको छ । महालेखाले मापदण्ड पूरा भएका कर्मचारीहरुले आगामी ४ असोजभित्र अनलाइन आवेदन दिन भनेको छ । यस […]

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले मंगलबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरे ।भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । मंगलबार विहानको प्रदर्शनमा स्थानीय […]

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको नेतृत्व, अधिकांश पदाधिकारीहरु अर्थवाद र अवशरवादमा लिप्त भएको आरोप लगाउँदै केन्द्रीय उपाध्यक्ष सीता गुरुङले उक्त पद परित्याग गरेको भोलिपल्ट केन्द्रीय सचिव प्रतीक तामाङले पनि उक्त पद परित्याग गरेका छन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र विधान विपरीत संगठनले गरेका गतिविधिहरूको विरोध गर्दै एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको केन्द्रीय […]

  पृष्ठभुमी अख्तियारको बैद्यानिक एवमं औपचारीक पद्धतिमा आधारित संगठनात्मक सिद्धान्तमा परिचालित स्थायी संयन्त्र नै कर्मचारीतन्त्र हो । Bureaucracy  शव्द फ्रेन्च शव्द Bureau बाट आएको हो जसको अर्थ अड्डा, विभाग लगायका सरकारी निकाय भन्ने बुझिन्छ। Bureaucracy शव्द सर्वप्रथम फ्रान्सेली अर्थशास्त्री Vincent De Gournay ले सन 1745 मा प्रयोगमा ल्यएका हुन । Gournay ले कर्मचारीतन्त्रलाई तत्कालिन समायमा […]

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संशोधन प्रस्ताव विधेयक दर्ता हुने […]

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको छ। उस्तै प्रकृतिको मुद्धामा गुरु न्यौपानेमाथि मुद्धा चलाइएको तर व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्धा नचलाइएको बिषयमा कर्मचारी प्रेसमा समाचार प्रकाशन भएसँगै विभागले (इन्साइडर ट्रेडिङ)मा संलग्न भएर उनले गैरकानुनी […]

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०८० फागुन ६ गते मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १५ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।