हालैमात्र न्याय सेवा आयोगबाट जिल्ला न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएका २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
बिज्ञापन
न्याय परिषद्को आज बिहान बसेको बैठकले प्रतिस्पर्धाबाट छानिएका २० उम्मेदवारहरुलाई जिल्ला न्यायधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । जिल्ला न्यायधीश मध्ये मधेसी कोटामा समेत भिडेका शिशिरकुमार यादव खुलाबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । उनीसहित २० जनालाई जिल्ला न्यायधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यस्तै शिवप्रसाद आचार्य,ताराप्रसाद डाँगी, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, गोपालबहादुर भट्टराई,सुमन पाण्डे,ठाकुरप्रसाद बस्ताकोटी,विकास बस्नेत,इन्दिरा कार्की, बाबुराम भट्टराई,टेकराज भुसाल, गोकुल पन्त, वीरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हिरामाया अवाललाई सहितका उम्मेद्धारहरुलाई जिल्ला न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको छ।


























