एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ५६ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन समूह,राजश्व समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
जस अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका ३७,लेखा समूहका ४ र नेपाल प्रशासन,राजश्व समूह १५ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

जस अनुसार,नेपाल प्रशासन सामान्य प्रशासन समूहबाट भीष्मराज भट्टराई,देवीप्रसाद गौतम,राजेश भट्टराई,नमराज सापकोटा,देवेन्द्र घिमिरे,लाल प्रसाद शर्मा भुषाल,सुरेन्द्र थापा,प्रेम कुमार श्रेष्ठ,लेखनाथ खतिवडा,केशव ज्ञवाली,सूर्यवती खनाल अधिकारी,महा प्रसाद दंगाल,अरुण सापकोटा,मोहनलाल पनेरु,गोमा घिमिरे लगायत रहेका छन् ।

यस्तै,हेमबहादुर कार्की,विष्णुहरि तिमिल्सिना,खगेन्द्रराज जोशी,पवनकुमार प्याकुरेल,मातृका प्रसाद दाहाल बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,जयचन्द्र साह,राधिका गिरी,अर्जुन कुमार मण्डल,सुरेशबाबु घिमिरे,झविश्वर रेग्मी,लक्ष्मण लम्साल,होमबहादुर थापा,सान्नानी अधिकारी,शोभाकर न्यौपाने,रेमन्त बहादुर डाँगी,बीरबहादुर शाही,भाष्कर दाहाल,नारायणबहादुर विष्ट,रामप्रसाद शर्मा,शोभाकर पोखरेल,प्रेम कुमार पोखरेल र कृष्णकुमार पौडेल गरी ३७ जना प्रशासन सेवाका रहेका छन् । यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहबाट पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्क बहादुर शाही र सुमन मरासिनी रहेका छन् ।

बिज्ञापन

यस्तै नेपाल प्रशासन राजश्व समूहबाट १५ जना शाखा अधिकृतहरु बढुवाका लागि सिफारिस भएका छन् । तीमध्ये रामराज प्रसाद चौरासिया,गोपाल प्रसाद भट्टराई,प्रमोद दास,कृष्णप्रसाद न्यौपाने,केशव रघुवंशी,हिमलाल शर्मा,चक्र प्रसाद ढुंगना,शर्मिला सुवेदी,माया पन्थी,हरि प्रसाद भण्डारी,सुरेन्द्र पाण्डेय,जागेश्वर शर्मा,धनिश्वर अर्याल,सतेन्द्र मोहन गुरुंङ र सूर्य बहादुर गुरुङ लगायत रहेका छन् ।

बढुवा सिफारिस समितिले यी सबै शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष